नेभिगेशन
सुदूरपश्चिम

साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा पनि देखियो मासहिस्टेरिया 

पठनपाठन प्रभावित


बझाङ : सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । उक्त रोग अहिले बझाङको साइपाल गाउँपालिकामा पनि देखा परेको छ । प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग मासहिस्टेरिया केहि समय देखि सुदूरपश्चिमका सबै पहाडी जिल्लामा देखा पर्न थालेको हो ।

एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा गर्न थालेपछि अभिभावक चिन्तित बनेका छन् । गत बुधबार साइपाल गाउँपालिका – २ को धलौन माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु बेहोस भए । एक जना बेहोस भएपछि सँगै भएका अरु छात्राहरु पनि बेहोस भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त बोहोराले बताए । 

‘गत हप्तादेखि यस प्रकारको लक्षण विद्यार्थीहरुमा देखा पर्दै आएको छ। एक छात्रामा देखा परेपछि सँगै रहेका अन्य छात्रामा पनि यस्तो समस्या देखिने गरेको छ। लहरै विद्यार्थीहरु बेहोस हुने र छटपटाएर अनौठा हर्कत गर्ने गरेका छन्।’ विद्यार्थीहरु रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने, मुर्छा पर्ने, चिच्याउने, हाँस्ने, दौड्ने, काँप्ने लगायतका समस्या देखा परेको बोहोराले बताए। उनका अनुसार आफैँले आफैँलाई दाँतले टोक्ने तथा एक जनालाई भयो भने अरुलाई पनि सँगै हुने गरेपछि नियमित पठनपाठनमा समस्या भइरहेको छ ।

विद्यालयमा उक्त समस्या देखिएपछि गत हप्ता तिन दिन विद्यालय बन्द गरेको प्रध्यानाध्यापक हिक्मत बहादुर सिहँले बताए । विद्यालय सञ्चालन गरेको अर्कोदिन फेरि समस्या दोहारीएपछि आजबाट आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए ।

यसअघि उक्त समस्या जिल्लाको बुङ्गल नगरपालिका र खप्तडछान्ना गाउँपालिकामा पनि देखिएको थियो । प्रायः १३ देखि १४ वर्ष उमेर समुहका बालबालिकाहरुमा यस्तो समस्या देखिने गरेको सायपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहोराले बताए । केहिले त यस्तो समस्या देखा पर्नुलाई देवीदेउताको दोषको रुपमा पनि लिने गरेका छन्।कतिपयले भुतप्रेतको संज्ञा समेत दिने गरेका छन्।

तर जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा नवराज जोशीले यो मानसिक समस्या भएको भन्दै मास हिस्टोरियाका कारण यस्तो समस्या आएको बताए। ‘एक जना छात्रा विद्यालयमा बेहोस भएको देखेर अरु छात्राहरु डराएर बेहोस भएका हुन् । डा.जोशीका अनुसार कुनै घटना र समस्याबाट डराएर धेरै जना एकै पटक बेहोस हुनुलाई मास हिस्टेरिया भनिन्छ । छात्र भन्दा छात्राहरुको मन कमजोर हुने भएकाले बढी मात्रामा छात्राहरुमा मास हिस्टेरियाले भेट्ने गरको उनको भनाई छ । एक छात्रा बेहोस भएपछि आफूहरुलाई पनि उसकै जस्तो हुनसक्ने डर र चिन्ताका कारण विद्यालयका अरु छात्राहरु अतालिएर बेहोस भएको डा.जोशीले उल्लेख गरे । यस्ता लक्षण देखिएका बालबालिकालाई छुट्टा–छुट्टै स्थानमा राखेर मनोसामाजिक परामर्श दिनुपर्ने जोशी बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै