नेभिगेशन
समाज

निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने

काठमाडाैं: आजबाट निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ।
केन्द्रीय बैंक र बैंकरबीच बुधबार भएको सहमतिअनुसार काठमाडाै‌ं उपत्यकासहित निषेधाज्ञा लागु भएका करिब एक दर्जन जिल्लामा बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुला रहने भएको हो।

सहमतिअनुसार बैंकहरुले तोकिएको अवधिसम्म स्वास्थ्यका मापदण्ड पालना गर्दै सबै शाखा खुला राखेर सेवा दिनुपर्नेछ। बैंकहरुका एटीएम भने साविककै अवस्थामा खुल्ला रहनेछन्।

बैंकहरु दैनिक चार घण्टा खुल्ला रहने भए पनि सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल बैंकर्स एसोसिएसनले आग्रह गरेको छ।

एसोसिएसनले अत्यावश्यक काममाबाहेक बैंकमा आएर भीडभाड नगर्न अपिल गरेको छ।

एटीमएम तथा मोबाइल/इन्टरनेट बैंकिङमार्फत कारोबार गरी संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै