नेभिगेशन
सुदूरपश्चिम

लगातार परेको बर्षाका कारण बझाङका बिभिन्न ठाउमा क्षती

साेमबार रातीबाट लगातार परेको अबिरल बर्षाका कारण बझाङ जिल्लाका बिभिन्न ठाउमा क्षती गरेको छ । अविरल वर्षा सँँगै गएको पहिरोले केदारस्युँ गाउँपालिका ७ काँडाचौरका जयभान धामीको घरमा क्षती गरेको छ ।

तर मानवीयत क्षती भने नभएको जनाइएको छ । नया रोड कटान भैरहेको ठाउमा पहिरो खस्दा धामी लगाएत पुरै गाउँ नै जोखिममा रहेको छ । उक्त घटनाको बारेमा बुझन गाउपालिका अध्यक्ष गणेश बोहरा, उपाध्यक्ष मनिसा धामी लगायतको टोलि हिजो कडाचौर गएको थियो । नेटवर्कले काम नगर्दा जिल्ला भरीको क्षतिको विवरण भने प्राप्त भै सकेको छैन, वर्षा निरन्तर भैरहेको र सचेत रहन केदारस्युँ गाउँपालिका ले सबैलाई आग्रह गरिएको छ । यस्तै केदारस्युँ गाउँपालिका – ८ दूनी धारी मा वीर बहादुर बोहरा को घर पनि जोखिममा रहेको छ ।

लगातारको वर्षाले घर को तलबाट पहीरो खस्न थालेपछि लगाएको अन्न वाली नस्ट भए संगै उहाँको घर जोखिममा रहेको छ । केदारस्युँ गाउँपालिका –८ मा आएको गण्ढकी गाडले गण्ढकी गाड लग जलविद्युत् आयोजनाको पावर हाउस मा पूर्ण रूपमा छेती पुर्याएको छ खोलाको छेउछाउमा रहेका खेत बगायसंगै ८ वटा पानी घट्ट ५ वटा पसल नहर कुलो र खाने पानीका मुहाहरु बाएको छ बगाएपछि स्थानीय हरु समस्या मा परेका छन् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।