नेभिगेशन
सुदूरपश्चिम

बझाङमा कोरोना संक्रमण दर बढदैः जिल्ला अस्पतालद्धारा आकस्मीक बाहेकका सेवा बन्द

बझाङ : जिल्ला अस्पताल बझाङले आकस्मीक बाहेकका सबै सेवा बन्द गरेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल बझाङले आकस्मिक बाहेकका अरु सबै सेवा बन्द गरेको हो । 

अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई सामान्य रुपमा संचालन गर्दा कोरोना संक्रमणको जोखिम बढन सक्ने अवस्थालाई मध्य नजर गर्दै आकस्मीक बाहेकका सबै सेवा गरिएको अस्पतालका निमित्त प्रमुख डा. मिलन खडकाले बताए । 

अहिले जिल्लामा संक्रमितमध्ये ३९ जना आइसोलेसनमा उपचाररत रहेको र उच्च जोखिममा रहेको अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्ने भएकाले आकस्मिक उपचार बाहेकका अरु सबै उपचार सेवा बन्द गरिएको उनको भनाई छ ।  

दुई सातायता लक्षणसहितका ३ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ८३ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार मात्र बझाङमा एकैदिन २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

परीक्षणको दायरा बढाए संक्रमितको संख्या पनि उल्लेख्य बढ्ने स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए। संक्रमितको संख्या बढे संगै परीक्षणको दायरा बढाउनकै लागि स्थानीय तह मिलेर सञ्चालनमा ल्याएको पीसीआर प्रयोगशाला पनि संचालनमा ल्याउने तयारी भईरहेको उनको भनाई छ। सोमबार मात्रै जिल्लाका सबै स्थानीय तहले एक-एक लाख रुपैयाँका दरले रकम दिने निर्णय गरेपछि पीसीआर प्रयोगशाला सञ्चालन आएको छ ।

हेल्थ डेस्कमा खटिन मान्दैनन् स्वास्थ्यकर्मी
जिल्ला प्रवेशस्थल वित्थडमा हेल्थ डेस्क स्थापना हुन नसक्दा परीक्षण नगरि मानिसहरू बझाङ प्रवेश गरिरहेका छन्। जिल्ला बाहिरबाट जिल्ला भित्रने मानिसहरु सोझै घर गएर परिवार र समुदायको सम्पर्कमा पुग्ने भएकाले बझाङ कोरोना संक्रमणको उच्च जोखिममा पर्न थालेको हो । 

जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानीय तहहरूले जिल्लाको प्रवेशद्धारा वित्थडमा हेल्थ डेस्क राख्न खोजे पनि स्वास्थ्यकर्मिहरु जान मानिरहेका छैनन । महामारीको बेला जोखिमको अग्रपंक्तिमा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मीहरुले सअघिको जोखिम भत्ता समेत नपाएको र जोखिम भत्ताको सुनिश्चितता नभएको भन्दै स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा खटिन नमानेका हुन । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएकाले खट्न नमानेका जिल्ला अस्पतालका निमित्त प्रमुख डा. मिलन खड्काले बताए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै