नेभिगेशन
राजनिति

आफ्नै नेतृत्वमा सरकार बन्ने जसपाका नेताहरूको दाबी

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले जसपाकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।

नयाँ सरकार बनाउन कांग्रेस र माओवादीसँग छलफल गर्दै आएको जसपाले वैकल्पिक पार्टीसँगको छलफल अन्त्य भएको जनाउँदै सरकारको नेतृत्व लिने संकेत गरेको हो ।

नयाँ वर्ष २०७८ को अवसरमा मंगलबार जनकपुरस्थित मधेस भवनमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान समारोहमा जसपा नेताहरूले सरकारको नेतृत्व लिने संकेत गरेका हुन् ।

जसपा नेता राजेन्द्र महतोले जसपाकै नेतृत्वमा सरकार बन्न सक्ने बताए । वर्तमान सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भए जसपाले आफ्नै नेतृत्वमा पनि सरकार बनाउन सक्ने बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए वा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गराए, जसपाकै नेतृत्वमा सरकार बन्न सक्छ, ’उनले भने, ‘सरकारमाथि अविश्वासको प्रस्ताव आएपछि जसपाले उचित निर्णय गर्छ । आफ्नै नेतृत्वमा सरकार बनाउने सम्भावनाको खोजी गर्छ ।’

सत्ता समिकरण जसपाको प्रमुख एजेण्डा नरहेको भन्दै माग सम्बोधन गराउन अग्रसर रहेको उनले बताए ।

विगतमा कुनै पनि पार्टीले मधेशको मागप्रति चासो नदेखाएको उल्लेख गर्दै वर्तमान सरकार लचिलो देखिएको उनले संकेत गरे । ‘दुई सय आठजना नेता एवं कार्यकर्तामाथि लगाईको झुटा मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘सरकार यसप्रति सकारात्मक रुपले अघि बढ्ने संकेत पनि देखाएको छ ।’ वर्तमान सरकारसँग संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक, बन्दी रिहाइ र झुटा मुद्दा फिर्ता गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

जसपाकै अर्का नेता सरतसिंह भण्डारीले पनि जसपाकै नेतृत्वमा सरकार बन्न सक्ने प्रतिक्रिया दिए । जसपाको माग सम्बोधन भएपछि सरकारमा जाने विषय तपसलिको विषय रहेको उनले बताए ।

‘जसपा कसैको शरणमा गएको छैन, आफ्ना माग सम्बोधन गराउन राज्यसँग छलफल गरिरहेको छ, ’उनले भने, ‘जसपाले वैकल्पिक पार्टीसँगको छलफल अन्त्य गरेको छ । जसपासँग आफ्नै नेतृत्वमा सरकार बनाउने क्षमता छ । जसपाकै नेतृत्वमा सरकार बन्न पनि सक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै