नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा विद्यूत उत्पादन बढ्यो

बिजुली ‘ट्रिपिङ’बाट भने उपभोक्ता हैरान

सुदूरपश्चिममा विद्युत उत्पादन बढेको छ। ५२ मेगावाटबाट बढेर अहिले एक सय ५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। तर अनियमित विद्युत कटौति भने झन बढेको छ। बिजुली ट्रिपिङबाट सर्वसाधारण उपभोक्तासँगै यहाँका उद्योगी व्यवसायी हैरान छन्। वर्षायाम लागेर बिजुली उत्पादन बढ्न थाले पनि उपभोक्ताले पूर्ण रूपमा बिजुली नपाएको र ट्रिपिङको समस्या बढेको गुनासो गरेका छन।

कैलाली र कञ्चनपुर क्षेत्रमा सञ्चालित ठूला तथा साना उद्योगले पर्याप्त बिजुली नपाएको र ट्रिपिङको समस्या निकै बढेको सञ्चालकहरुको गुनासो छ। यहाँका साना ठूला सबै उद्योग ट्रिपिङ तथा कटौतीको समस्याबाट गुज्रिरहेका छन्। सुदूरपश्चिममा सरकारी र निजी क्षेत्रबाट गरी एक सय ५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। तर अनियमित विद्युत कटौति रोकिएको छैन्।

निजी क्षेत्रबाट अपर चमेलिया, नौगाड, नौगाड–२ र मकरीगाड जलविद्युत् आयोजनाको निर्माण भइरहेका छन्। ४० मेगावाटको अपर चमेलिया, १५र१५ मेगावाटका नौगाड–१ र नौगाड–२, १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ। तर पानी प¥यो भने प्राधिकरणले लाइन दिने, नत्र काटिदिने अवस्था यथावत रहेको धनगढीका व्यवसायी विनोद खत्रीको गुनासो छ। यसले कैलाली र कञ्चनपुरमा सञ्चालित उद्योग निकै संकटमा परेको उनले बताए।विद्युत् अनिमियत हुँदा उपभोक्ता निकै समस्यामा छन्। पछिल्लो समय ट्रिपिङको समस्या धेरै बढेको र यसले उद्योगका मेसिनरी सामग्रीमा समेत ठूलो क्षति पु¥याएको सञ्चालकको दाबी छ। कोभिडको असरबाट केही तंग्रिन थालेको व्यवसायमा बिजुलीको समस्याले झन् दुःख दिएको छ। बिजुली आउने–जाने गर्दा निकै समस्या भएको छ। मेसिन तातेको बेला झ्याप्प बत्ती जान्छ। फेरि ५ मिनेटमा आउँछ। यसले मेसिन बिग्रने समस्या झन् बढेको छ। दिनमा १०र१२ पटकसम्म ट्रिपिङ भएको छ। यसले उद्योगहरूको उत्पादनमा झनै ह्रास हुँदै गएको छ।

ट्रिपिङ र लो–भोल्टेज तथा उल्टो फेजको समस्याले निकै दुःख दिएको व्यवसायीको गुनासो छ। प्राधिकरणले बिल पठाएको एक सातामा पैसा नतिरे जरिवाना गर्छ। तर, ट्रिपिङ, लो–भोल्टेजलगायत समस्याले मालसामान खत्तम हुँदा प्राधिकरणलाई मतलब हुँदैन। तर नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले भने बिजुली ट्रिपिङको समस्या त्यति धेरै नभएको र पुराना विद्युत तारका कारण कहिँ टुटफुट र चुँडिदा कहिलेकाँही यस्तो समस्या आउने गरेको दाबी गर्छन।

अहिले अत्तरिया–धनगढी ३३ केभी विद्युतको नयाँ प्रसारण लाइन निर्माणको काम भइरहेको छ। यसका लागि दुई करोड २२ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको छ। १३ किलोमिटरभित्र नयाँ ३३ केभी प्रसारण लाइन विस्तार गर्न चार करोड ६१ लाख ९३ हजार लगानी अनुमान गरिएको छ। ६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको प्रमुख चन्दले बताए। चैतमा पूरा हुने भनिएको काम असार सकिनै लाग्दा समेत लाइन विस्तारको काम जारी नै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै