नेभिगेशन
खेल

सन्दीप र दीपेन्द्रले गुमाए एसीसी इमर्जिङ टिम्स एसिया कप

नेपाली राष्ट्रिय टाेलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

लामिछाने र ऐरी दुवै जना क्यानडाको ग्लोबल टी–२० लिग खेल्न जाने भएका कारण श्रीलङ्कामा हुने एसिसी इमर्जिङ टिम्स कप गुमाउने भएका हुन् । जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर आज शुक्रवार स्वदेश फर्किएपछि नेपाली टाेलीका कप्तान रोहित पौडेलले दुई जना खेलाडीले एसीसी इमर्जिङ टिम्स एसिया कप गुमाउने जानकारी दिएका हुन् ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म हुँदैछ । जुलाई २० देखि अगस्ट ६ सम्म हुने ग्लोबल टी–२० क्यानडा लिगमा नेपालबाट सन्दीप र दीपेन्द्र छानिएका हुन् ।

दीपेन्द्रले पहिलाे पटक विदेशी लिगका रूपमा याे प्रतियाेगिता खेल्न लागेका हुन् भने सन्दीपले यसअघि दुई पटक याे लिग खेलिसकेका छन् । दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले 'ड्राफ्ट' मार्फत अनुबन्ध गरेको छ भने सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रूपमा एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न लागेको हो ।

नेपाल इमर्जिङ कपको समूह 'बी' छ । याे समूहमा नेपालसँगै यूएई, पाकिस्तान 'ए' र भारत 'ए' छन् । त्यस्तै समूह 'ए' मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै