नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा ५५ किलोवाट सौर्य विद्युत परिक्षण प्रसारणमा

केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा सौर्य उर्जाबाट उत्पादित ५५ किलोवाट विद्युत परिक्षण प्रसारण गरिने भएको छ ।

बैकल्पिक सौर्य उर्जा प्रबर्द्धन बानेश्वर काठमाडौंको ९० प्रतिशत र केदारस्युँ गाउँपालिकाको १० प्रतिशत लगानीमा ५५ किलोवाट बिजुली अहिले साँझ ७ः३० बजेबाट परिक्षण प्रसारण सुरु गरिएको हो । 

केदारस्युँ गाउँपालिका वडा नम्बर ३ का मैतोली, तलवाडा, डाफ्रु, कालीकुडा, गैरकोल्ला, ओडार गाउँ, भाडीकोट, सिराडी र काँकरहान्ना गाउँमा ५५ किलोवाट पिक सौर्य मिनिगृडको जडान कार्य सम्पन्न भएर परिक्षण प्रसारण गरिन लागिएको बैकल्पिक सौर्य उर्जा प्रबर्द्धन बानेश्वर प्राविधिक प्रेम लामा तामाङले बताउनुभयो । परिक्षण अवधि आगामी १० दिनसम्म ९ वटै गाउँका कोही कसैले विद्युत पोल तारमा नछुन उहाँको अनुरोध छ । 

अघिल्लो वर्षदेखि प्रक्रिया सुरु भएको यस सौर्य उर्जाले केदारस्युँ ३ को ९ गाउँका २२८ घरधुरी लाभान्वित हुन लागेको प्राविधिक तामाङले बताउनुभयो । उहाँका अनुसार एक हप्ताको परिक्षण प्रसारण सफल भएपछि यस उर्जा गृहले युनिटका आधारमा बिल उठाउनेछ ।

केदारस्युँ ३ का सानाठूलान गरि ९ गाउँ लाभान्वित भए पनि अझैं हसाडा, गडीगाउँ, झड्खेत, कापडी गाउँ भने अध्याँरोमा दिन गुजार्न बाध्य भएका छन् । उनीहरुले सौर्य उर्जाभन्दा पनि तत्काल राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार गरिदिन गाउँपालिका र नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेका स्थानीय डम्बर खातीले बताउनुभयो । सौर्य उर्जा दिगो नहुने र सबै गाउँमा नभ्याउने हुँदा तत्काल विद्युत विस्तारमा ध्यान दिन स्थानीयले माग   ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै