नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना गाउँपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई खानेपानीका फिल्टर वितरण

 बझाङः खप्तडछान्ना गाउँपालिका वडा नं ४ मा खानेपानीका फिल्टर वितरण गरिएको छ । वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई शुरक्षित स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले आज वडा कार्यलयमा खानेपानीका फिल्टर वितरण गरिएका हुन् ।

वडाको आर्थिक वर्ष २०७९÷८० को अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम अन्र्तगत वडा नं ४ भित्रका २५ जना अपाङ्ग व्यक्तिहरुलाई आज वडा कार्यलयमा खानेपानीका फिल्टर वितरण गरिएको वडाध्यक्ष ईश्वर बहादुर रोकायाले जानकारी दिनुभयो । ‘‘शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले फोहोर पानी पिउन नपरोस् र फोहोर पानीका कारणले रुघाखोखि लगायतका अन्य थुप्रै समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उहाँले भन्नुभयो, “वडा भित्रका जेष्ठ नागरीकहरुलाई सहजै संञ्चारको पहुँचमा पु¥याउनको लागि केहि 

दिन अघिमात्रै रेडियोहरु वितरण र एकल महिलाहरुलाई मोबाइल पनि वितरण गरेका छौं ।” दुर्गम पहाडी क्षेत्रमा विशेष गरेर वर्षातको समयमा खानेपानी धमिलो हुने र मानिसको स्वास्थ्यमा विभिन्न रोगहरुको संक्रमण हुने गरेको छ । उक्त समस्याको समाधान गर्दै गाउँघरमा शुरक्षित खानेपानी मात्रै प्रयोग गर्नुपर्छ भन्ने सन्देश फैलाउन समेत खानेपानीका फिल्टर वितरण गरिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै