नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथली गाउँपालिका जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा


बझाङ : बझाङको दुर्गाथली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । आज विहिबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो ।

दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख नर बहादुर बोहोरा रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख भानु जोशी, गाउँपालिका उपाध्यक्ष जनक दौल्याल लगाएत सम्पुर्ण वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मि,समाजसेवि र स्थानियहरुको उपस्थिति रहेको थियो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना खोपको सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

गाउँपालिकामा १५ महिना मुनिका १९७ र १६ देखि ५९ महिना सम्मका ४१७ बालबालिका गरेर कुल ६ सय १४ बालबालिकाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहोराले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनुभयो ।  पालिकाभित्र ३ वटा स्वास्थ्य चौकी, ४ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ५ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।

 
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै