नेभिगेशन
सुदूरपश्चिम

बझाङमा पाँच दिनदेखि ठप्प लामो दुरीका सवारी साधन विहिबारबाट नियमित सञ्चालन हुने

नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती

बझाङ : बझाङमा लामो दुरीका सवारी साधनहरु भोली विहिबार देखि सञ्चालन हुने भएका छन् । नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती भएपछि पाँच दिन देखि बन्द भएका लामो दुरीका सवारी साधनहरु भोली देखि सञ्चालन हुने भएका हुन् ।

केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको नयाँ भाडादर तोकेको थियो । जसअन्र्तगत धनगढीदेखी बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो । तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने भन्दै आन्दोलित भएका थिए ।

आज भएको नयाँ सहमती अनुसार प्रदेश सरकारले जारि गरेको भाडा दर लागु नगरेर अव प्रतिकिलोमिटर ४ रुपैयाका दरले कायम गर्ने सहमति भयपछी अवरुद्द यातायात भोलि विहानवाट सञ्चालन हुने प्रदेश ट्राफिक प्रहरी अत्तरीयाले जनाएको छ ।

पाँच दिनदेखि सार्वजनिक सवारी साधनहरु पुर्ण रुपमा बन्द भएपछि जिल्ला आउने र बाहिर जाने यात्रुहरु भने समस्यामा परेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै