नेभिगेशन
सुदूरपश्चिम

बझाङमा चार दिनदेखि लामो दुरीका सवारी साधनहरु ठप्प, सर्वसाधारण मर्कामा

बझाङ : बझाङमा लामो दुरीका सवारी साधनहरु अझै सञ्चालनमा आएका छैनन् । नयाँ भाडादर समायोजन विरुद्ध आन्दोलित भएका यातायात व्यवसायिहरुले यातायात ठप्प पारेको चार दिन भैसक्दा समेत लामो दुरीका सार्वजनिक सवारी साधनहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।

सार्वजनिक सवारी साधनहरु बन्द भएको दिन देखि नै यातायात व्यवसायिहरु सँग छलफल भइरहेको भएपनि अहिलेसम्म गाडीहरु खुल्ने टुङ्गो नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बझाङका सहायक हवल्दार दिपेन्द्र कठाएतले बताउनुभयो । उहाँका आज बिहान मात्रै बझाङमा रहेका सबै सवारी साधनहरु लिएर यातायात व्यवसायिहरु धनगढी गएका छन् । धनगढीमा नयाँ भाडादर समायोजनको विषयमा छलफल भैरहेको छ ।

यातायातका साधनहरु बन्द हुँदा जिल्ला बाहिर जाने र आउने यात्रुहरु भने समस्यामा परेका छन् । विषेश गरेर खेतीपाती लगाउने समय नजिक आइरहेकाले पनि रोजगारीका लागि भारतका गएका बझाङीहरु घर फर्किरहेका छन्। उनिहरुले कैलाली र कञ्चनपुरमा आफूहरु अलपत्र परेको गुनासो गरेका छन् ।

पहुँचवालाहरु गाडी रिजर्भ गरेर आवतजावत गरिरहेका छन् । भाडा निर्धारण गर्ने सरकारले कार्यान्वयन गर्न नसकेको भन्दै अहिले सामाजिक सञ्जालमा समेत आलोचना भैरहेको छ । केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको भाडादर तोकेको थियो । जसअन्र्तगत धनगढीदेखी बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो ।

तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने बताएका छन् । प्रदेश सरकारले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले यातायातका साधनहरु पूर्ण रुपमा बन्द गरेका हुन । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै