नेभिगेशन
सुदूरपश्चिम

बझाङमा छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका रोकायाको उपचारमा आर्थिक अभाव

सहयोग गरीदिन आफन्तले अपिल

बझाङ : बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका बिक्रम रोकायाको उपचारमा आर्थिक अभाव भएको छ । केहिदिन पहिले जयपृथ्वी नगरपालिका ११ मा आफ्नै १६ वर्षिय छोराले बन्चरो प्रहार गरेर गम्भिर घाइते भएका बिक्रम रोकायालाई उपचारको लागि आर्थिक अभाव भएको हो ।

बञ्चरो प्रहारबाट अनुहारमा निकै गहिरो चोट लागेपछि बझाङमा उपचार सम्भव नभएर धनगढी रिफर गरिएका रोकायाको उपचारका लागि आर्थिक रकम संकलन कार्य जारी रहेको छ । नेपाली काङ्ग्रेसका विद्यार्थी नेता तथा समाजसेवि सिद्दराज जोशी लगाएतको विशेष पहलमा शनिबार विभिन्न निकायबाट आर्थिक संकलन गरिएको हो । जसअन्र्तगत शुदुरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वी बहादुर सिंह, नेपाली काङ्ग्रेसका पार्टी सचिब झलक कठायत, जयपृथ्वी नगरपालिका नगर प्रमुख चेतराज बजाल, रतन बहादुर सिंह, वडा नं ११ का वडाध्यक्ष सर्जन थापा, वडा नं ५ का निवर्तमान  वडाध्यक्ष डम्बर बहादुर सिंह लगाएतले सहयोग गर्नुभएको छ ।

जीवन र मृत्युको दोधारमा रहनुभएका रोकायाको उपचारको लागि संयुक्त पहलमा १ लाख २८ हजार ६ सय रकम सहयोग गरेर हिजो शनिवार अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ । आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका रोकायाको उपचारमा लागेको २ लाख ९० हजार अस्पताल खर्च अझैपनि बुझाउन बाकि रहेकाले आर्थिक अभियान संकलन कार्य जारी रहेको समाजसेवी जोशीले बताउनुभयो ।

आर्थिक संकलन अन्र्तगत आज जयपृथ्वी नगरपालिका ११ भोपुर स्थित सत्यवदि माविका सम्पुर्ण शिक्षकहरु, चैनपुर बजारका व्यापार व्यवसायिहरुले समेत सहयोग गर्नुभएको छ । यसैबिच रोकायाको उपचारमा सहयोग गर्न आफन्तले अपिल गरेका छन् । सहयोग गर्न चाहनेले मंगल धामिकोे सम्पर्क नम्बर ९८४९९५५३०० मा सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै