नेभिगेशन
सुदूरपश्चिम

अपराधिक गतिविधि न्यूनीकरणका लागि जिप्रका बझाङद्धारा विद्यालयमा अन्तरक्रिया कार्यक्रम 

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङले समाजमा हुने बिभिन्न अपराधिक गतिविधि न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्र्तगत जिल्ला प्रहरी कार्यलय बझाङले बिद्यालयहरुमा अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको हो । 

जसअन्र्तगत विहिबार मष्टा गाउँपालिका – २ बाडेगाउँ स्थित भवानी आधाभुत विद्यालयमा साईवर अपराध न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक राम बहादुर बमले साईवर अपराधको परिचय, न्यूनिकरण, कानूनी प्रावधान र सामाजिक संञ्जालको सुरक्षित प्रयोग  तथा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी गराउनु भएको छ ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यलय बझाङले जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन मातहतका प्रहरी कार्यलय तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा घरेलु हिंसा, महिला हिंसा, लैंगीक हिंसा, लागुऔषध दुब्र्यसन, बालविवाह, बहुविवाह, बालयौन दुव्र्यवहार, आत्महत्या, जबरजस्ती करणी, छुवाछुत जस्ता विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराधिक कृयाकलाप तथा सामाजिक विकृतिमा कमी आएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । ‘यि यस्ता कार्यक्रमहरु निकै प्रभावकारी भएका छन । बिगतका दिनमा समाज हुने गरेका अपराधिक कृयाकलाप लगभग पुुरै बन्द भएका छन । लागु औषधकर्ता र यसको ओसारपसार बन्द छ । बिद्यालमा गएर सचेतना र अन्तरकृयाका कार्यक्रमलाई निरन्तरता दिएका छौ ।’ उहाँले भन्नुभयोे ।

प्रहरीले यो अभियान जिल्लाका १२ ओटै स्थानीय तहका ९४ ओटै वडामा संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले सञ्चालन गरिरहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम जिल्लामा प्रभावकारी समेत बन्दै गएको स्थानियले बताएका छन ।

अपराध रोकथाम तथा नियन्त्रण र शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सबैको साथ र आवश्यकता रहेको भन्दै कहीँ कतै अपराधिक गतिबिधि भईरहेको भए जिल्ला प्रहरी कार्यालयमा तथा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि प्रहरी निरिक्षक अवस्थीले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै