नेभिगेशन
खेल

चौथो खेलमा नेपाल मलेसियासँग पराजित, शृङ्खला बराबरी

काठमाडौं : पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेटाएको हो । योसँगै पाँच खेलको शृङ्खला २-२ को बराबरी भएको छ । अब बाँकी एक खेल जित्ने टोलीले यो शृङ्खला जित्नेछ ।

मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक  ३८ रनको योगदान गरिन् । यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एक/एक रनको योगदान गरे ।

नेपालकी कविता कुँवर, रुबिना क्षेत्री, सीता रानामगर र कविता जोशीले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरिन् भने विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन् ।

सम्झना ८ रन, ओपनर काजोल श्रेष्ठले ६ रन ,  ज्योति पाण्डे एक रन र कप्तान रुविना क्षेत्री बेलबासे शून्य रनमै आउट भए । कविता जोशी १२ रन बनाएर अविजित रहिन् ।

मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन् । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै