नेभिगेशन
सुदूरपश्चिम

बझाङमा छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भीर घाइते 

उपचार सम्भव नभएपछि धनगढी रिफर गरीयो

बझाङ : बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ११ मयाना घर भएका १६ वर्षिय अमृत रोकायाले आफ्नै ३२ वर्षिय बुबा विक्रम रोकायालाई बन्चरो प्रहार गरेर गम्भिर घाइते बनाएका हुन् ।

रोकायाले सोमबार राती घरमै सुतिरहेको अवस्थामा बुवालाई एक्कासि बञ्चरो प्रहार गरेका थिए । छोराले श्रिमान माथि बन्चरो प्रहार गरेको देखेर छोप्न खोज्दा आमा समेत घाइते भएकि छिन् ।

बन्चरो प्रहारबाट अनुहारमा गम्भीर चोट लागेका विक्रम रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि मंगलबार बिहान धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

के कति कारणले घटना भएको हो भन्ने खुल्न सकेको छैन् । अहिले बन्चरो प्रहार गर्ने अमृत रोकाया फरार रहेका छन् ।  उनको खोजि कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको बझाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै