नेभिगेशन
सुदूरपश्चिम

न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा

बझाङ : न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा पर्न सफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्याङ्कन (एमएसएस)मा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा पर्न सफल भएको हो ।

संघीय स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयद्वारारा प्रत्येक ६ महिनामा गरिने सो मूल्याङ्कनमा जिल्ला अस्पताल बझाङ देशभरमै न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट अस्पतालको सूचीमा दोस्रो नम्बरमा पर्न सफल भएको हो । अस्पतालले भौतिक पूर्वाधारदेखि उच्च गुणस्तरका स्वास्थ्य उपकरणबाट सेवा दिदै देशभरमै दोस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।

संघीय स्वास्थ्य मन्त्रालयद्वारा उक्त मुल्यांकनमा बझाङ जिल्ला अस्पतालले ९३ प्रतिशत अंक ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा अस्पताल प्रमुख डा.नवराज जोशीले बताउनुभयो । यसअघि ८४ प्रतिशत मात्रै अंक ल्याएको अस्पतालले यो वर्ष ९३ प्रतिशत ल्याएर अग्र स्थानमा उक्लिएको डा. जोशीले बताउनुभयो ।

उहाँले अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लगाएत सवैले मिलेर काम गर्दा देशभर दोस्रो उत्कृष्ट अस्पतालको रुपमा परिचय बनाउन आफुहरु सफल भएको बताउदै अगामी दिनमा पनि अस्पतालको सेवालाई गुणस्तरीय बनाउनकालागी सबैको सुझाव र सल्लाहलाई समेटेर अगाडी बढ्ने समेत बताउनुभयो ।

नयाँ भवनबाट सेवा दिइरहेको जिल्ला अस्पतालमा अहिले विशेषज्ञसहित चिकित्सकहरुले उपचारात्मक सेवा नियमित दिइरहनु भएको छ । प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस र हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा हेर्ने गरिएको छ । यस अघि जिल्ला अस्पताल बैतडी ९५ प्रतिशत अंक सहित देशकै उत्कृष्ट पहिलो नम्बरमा पर्न सफल भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै