नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते

बझाङ : बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका वडा नं ९ सुनकुडा बजार नजिकैको मोडमा आज दिउँसो ट्रक र सरकारी मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना कर्मचारी घाइते भएका हुन् ।

बागथलाबाट डडेल्धुरा तर्फ गैरहेको भे १ ख ३६९१ नम्बरको ट्रक र शुपप्र ०१००१ ब १४२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक दुर्गाथली गाउँपालिका ३ का २५ वर्षिय यज्ञराज धामि र पछाडी सवार बुङ्गल नगरपालिका ५ का शिव ओखेडा घाइते भएका छन् । घाइते दुवैजना आलुजोन बझाङका कर्मचारी र मोटरसाइकल पनि आलुजोनको नै रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था सामान्य नै रहेकाले अहिले मेडिकलमा उपचार भैरहेको बताइएको छ । ट्रक चालक बैतडी घर भएका २९ वर्षिय तपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रमेशदत्त अवस्थिले जानकारी दिनुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै