नेभिगेशन
सुदूरपश्चिम

एम्बुलेन्स र मोटरसाइकल दुर्घटनाको विषयमा सहमति नहुँदा जयपृथ्वी राजमार्ग हिजोदेखि ठप्प

यात्रुहरु अलपत्र

बझाङ : जयपृथ्वी राजमार्ग अन्तर्गत वित्थडचिर गाउँपालिका स्थित चिसापानी मोडमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदा ज्यान गुमाएका युवकका आफन्तहरुले अवरुद्ध गरेको सडक अझै खुल्न सकेको छैन । हिजो मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा जिल्ला आउने र जिल्लाबाट जाने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प भएका छन्  ।

त्यस्तै यात्रुहरु समस्यामा परेका छन् । हिजो देखि नै छलफल भैरहेको भए पनि अहिलेसम्म राजमार्ग खुल्ने निश्चित नभएको र अहिले पनि सहमतिको प्रयास भैरहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

मंगलबार दिउँसो देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक स्थानीय २३ वर्षिय गोविन्द महरको ज्यान गएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै