नेभिगेशन
सुदूरपश्चिम

बझाङका एक शिक्षकको तनहुँमा करेन्ट लागेर मृत्यु


बझाङ : बझाङका एक शिक्षकको तनहुँमा करेन्ट लागेर मृत्यु भएको छ । बझाङको तलकोट गाउँपालिका–२ का २७ वर्षीय जीवन रोकायाको करेन्ट लागेर मृत्यु भएको हो ।

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–२ मा आइतबार दिउँसो करेन्ट लागेर रोकाया सँगै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ५० वर्षीय तीर्थ घिमिरे घाइते भएका थिए । विद्यालय छुट्टि भएपछि घर जाने क्रममा ग १३ प ७०९ नम्बरको मोटरसाइलमा सवार दुवै जना सडक छेउमा लत्रिएको थ्रीफेजको लाइनको तार छुन गई करेन्ट लाग्दा घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।  

करेन्ट लागेर सख्त घाइते भएका दुवै शिक्षकलाई उपचारका लागि पोखरा पठाइएको थियो । रोकायाको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । अर्का घाइते शिक्षक घिमिरेको उपचार भैरहेको छ । रोकाया तनहुँ जिल्लाको पार्वती आधारभूत विद्यालयमा कार्यरत थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै