नेभिगेशन
सुदूरपश्चिम

घरमै गएर नागरिकता प्रदान, रोकिएको सामाजिक सुरक्षा भत्ता फेरि पाइने भएपछि थापा खुशी

बझाङको छविसपाथिभेरा गाउँपालिका–४, झुटेडाकी विसु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ । सोमबार बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गर्नुभएको हो ।

यातायातको सहज पहुँच नहुनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नरहेकाले उहाँको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । 


नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि थापा खुशी हुनुभएको छ । थापाको पहिले बनाएको नागरिकता १ बर्ष पहिला हराएकाले सामाजिक सुरक्षा भत्ता विचैमा रोकिएको छविसपाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्ष अम्मराज थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गथ्र्याै । अहिले बैङ्कले नमान्ने भएकाले नागरिकता हराएकाले भत्ता रोक्किएको थियो । अबबाट फेरि पाउनुहुने भयो ।’ नागरिकता प्राप्त भएसँगै अब थापाको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो खुलेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।