नेभिगेशन
सुदूरपश्चिम

बझाङका ११ स्थानीय तह दमकल बिहिन अवस्थामा 

बझाङ : बझाङका ११ स्थानीय तह दमकल बिहिन अवस्थामा रहेका छन् । १२ स्थानिय तहमध्ये एक मात्रै जयपृथ्वी नगरपालिकासित दमकल छ । जयपृथ्वी नगरपालिकामा भने दमकल सञ्चालनमा रहेको नगरप्रमुख चेतराज बजालले बताए । जिल्ला प्रशासन कार्यलयमा राख्ने गरीएको उक्त दमकल कहिँकतै आगलागीका घटना भए तयारी अवस्थामा रहेको नगरप्रमुख बजालको भनाइ छ ।

अन्य ११ वटा स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन् । यातायात सेवाको पहुँचमा पुगेका पालिकाहरुले हालसम्म दमकल खरीद गर्न नसकेको स्थानीयहरुको गुनासो छ । सदरमुकाम चैनपुर बजार सहित जिल्लाका स्थानहरुमा अव्यवस्थित बसोबासका कारण दमकल चलाउन मिल्ने सडक छैन । यसबाट आगलागी नियन्त्रणमा समस्या भएको खप्तडछान्ना गाउँपालिकाका स्थानिय विजय सिहँले बताए । जिल्लाका धेरै ठाउँमा आगलागीका घटना हुने गरेका भएपनि दमकल नहुँदा क्षती बेहोर्नु परेको उनले बताए ।

दमकल खरीद गर्न स्थानीय तहले चासो दिएका छैनन् । जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिएपनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले हालसम्म यस सम्बन्धी कार्यविधि बनाएका छैनन् । दमकल खरिका लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडवाजी गर्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै