नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा सप्ताहव्यापी खेलकुदको उदघाटन

बझाङ:  बझाङको जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा सप्ताहव्यापी खेलकुदको उदघाटन गरिएको छ । आज एक ओैपचारिक कार्यत्रमका विच जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले उक्त कार्यत्रम उद्घाटन गर्नुभएको थियो । आजबाट सुरू भएको कार्यत्रम एक हप्ता सम्म चल्ने भएको छ । 

कार्त्रममा बोल्दै जयपृथ्वी नगरपालिका प्रमुख तथा कार्यत्रमका प्रमुख अथिति चेतराज बजालले नगरप्रमुख हुनुभन्दा अगाडि जिल्ला विकास समितिमा हुँदा पनि क्याम्पसका लागि धेरै कामहरू गरेको र अझै पनि गर्ने बताउनुभयो । आफू पनि यहि क्याम्पसमा अध्यन गरेकाले आफ्नो काधमा यो जिम्मेवारी समेत आएकोले यो क्याम्पसका लागि सक्दो काम गर्ने  विश्वास समेत दिलाउनुभएको छ ।

कार्यत्रममा बोल्दै जयपृथ्वी नगरपालिका ११ का वडाअध्यक्ष सर्जन बहादुर थापाले खेलकुदले  राष्टलाइ चिनाउने हुनाले खेल लगनसिल र अनुसासित भएर  खेल्न बिध्यार्थीहरूमा आग्रह गर्नुभएको छ । 

उहाँले पार्टीका कार्यत्रम र पार्टी कार्यालयको भवनको निर्माणमा मात्रै नभएर क्याम्पसको खेल मैदान निर्माणको लागि तथा क्याम्पसको माग अनुसार बजेट बिनियोजन गर्न नगरपालिकामा पहल गर्ने समेत बताउनुभयो ।

कार्यत्रममा बोल्दै विध्यार्थी संगठनहरूले स्थानिय सरकारले विध्यार्थीको माग अनुसार खेलमा लगानि गर्न पनि आग्रह गरेका थिए । 

सप्ताहव्यापी खेलकुदमा भलिबल, ब्याम्यान्टिन, चेस, दौड, टेवलटेनिस, हाजिरिजवाफ, हिज्य, बक्तित्वकला, कविता, निबन्ध लगाएतका कार्यत्रम हुने जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा प्रमुख मोहनराज उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै