नेभिगेशन
खेल

नेपालले दियो पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्य, आसिफले गरे करियरकै उत्कृष्ट ब्याटिङ

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले ४९।१ ओभरमा सबै विकेट गुमाएर २ सय ९७ रन बनायो। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो। यसअघि २ फागुनमा लिग टू अन्तर्गत नै नामिवियाविरुद्धको खेलमा नेपाललले २८७ रन बनाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेले।
उनले १ सय १० बलमा १० चौका र २ छक्काको मद्दतमा सर्वाधिक १ सय १० रनको योगदान दिए। उनको एकदिवसीय करिअरको यो पहिलो शतक हो। आसिफ नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने पाँचौं खेलाडी बनेका छन्। यसअघि पूर्वकप्तान पारस खड्का, हालका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए।

आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा पनि गरेका छन्। सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीविरुद्धको खेलबाटै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका आसिफले ३२ इनिङ्समा एक हजार रनको आँकडा पार गरेका हुन्।आसिफले एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिङ्समा करिअरकै सर्वाधिक रन पनि बनाएका छन्। उनले यसअघि १४ सेप्टेम्बर २०२१ मा ओमानविरुद्ध उसकै मैदानमा ९० रनको पारी खेलेका थिए।यस्तै, आज कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहितकुमार पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन जोडे। दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ७र७, करण केसी ८ र कुशल मल्ल २ रनमा आउट हुँदा सोमपाल कामी ४ रनमा अविजित रहे।

पीएनजीका लागि सेमो कमियाले ५, राइली हेकुरेले ३ र अलेई नाओले १ विकेट लिए। विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो। यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।

नेपाल र पीएनजीले यसअघि धेरै पटक खेलेका छन्। नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ । पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ ।पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ । मार्च १२ ९फागुन २८० मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ ९फागुन २९० मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ ९चैत २० मा यूएईसँग खेल्नेछ । नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै