नेभिगेशन
सुदूरपश्चिम

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टीङ् प्रविधिबाट खानेपानी 

बझाङ : बझाङको बुङगल नगरपालिका ६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । अहिले धनमतीले बिहान सबेै उठनु परेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टीङ प्रविधि बाट गाँउमा खानेपानी पु¥याएपछि उनी मात्र हैन गाँउलेकै दैनिकि फेरिएको छ । आयोजना निमार्ण हुनु अघि गाँउ भन्दा तलको खोलाबाट पानी बोक्नु पर्ने र वर्षातको समयमा बर्षाको पानी पिउनुपर्ने बाध्यता थियो ।

वर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानिय घर अगाडि धारा जडान भए पछि गाँउमा खुसी भएका छन् । पानी भर्नका लागी पालो कुर्नु परेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठनु पर्ने अवस्था पनि नरहेको उनी बताउँछिन् । 


दुर्गाथली गाँउपालिका ५ बाजगडाकि धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि हाई सन्चो भएको छ । बर्षौदेखि खोलाको पानी बोक्दै आएकी उनी गाउँमा बाजगडा सोलार लिफ्टीङ खानेपानी आयोजना बनेपछि दुखका दिन हटेको बताउँछिन् । उनी भन्छिन्, “अहिले आँगनमै पानीको धारा छ । न त विहानै उठेर पानी भर्नु परेको छ । न त एक गाग्री पानी भर्न दिनभर कुर्नु परेको छ । पहिले एक घण्टा हिडेर खोला बाट पानी ल्याउनु पर्ने बाध्यता थियो । सरसफाईमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफुलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भए पछि हामीले पाउन सम्मका दुख पायौं । गाँउमा यो भन्दा पहिले खानेपानीको कुनै योजना आएन । अहिले पानी बोक्नु पर्ने दुख हटेसंगै सरसफाईमा पनि ध्यान दिन थालेको छ ।” 

आँगनमै भएको धारामा हात धुदै दुर्गाथली गाँउपालिका-५ कि धर्मा जप्रेल


महिलाहरूलाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । पानी नहुँदा महिनावारी भएको समयमा विद्यालय समेत नजाने गरेको खप्तडछान्ना २ की पुजा सुनारले बताईन । उनी भन्छिन्, “नुहाउन टाढा जानुपथ्र्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला ७ दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्छ । पानी नहुँदा महिनावारी भएका छात्राहरूलाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कुल छुटला भन्ने चिन्ता हुदैन ।” 

पानी भर्दै वित्थडचिर गाँउपालिका सुनकुडाकी देवा अवस्थी


दुर्गम गाँउमा सोलार लिफ्टीङ प्रविधिबाट खानेपानी आएपछि स्थानियले खोला र कुलाको फोहोर पानी पिउनु परेको छैन । बर्षौ देखि खानेपानीको समस्या झेल्दै आएका ग्रामिण क्षेत्रका बासिन्दाहरु खानेपानी आयोजना निमार्ण भएसंग खुसी भएका छन । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ । 

नेपाल सरकारको सहकार्यमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समुह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीहरुमा सोलार लिफ्टीङ प्रविधि बाट खानेपानी पु¥याईएको हो । जिल्लामा अहिले सम्म १३ ठाँउमा सोलार लिफ्टिङ प्रविधि बाट आयोजना निमार्ण सम्पन्न गरि स्वच्छ पिउनेपानीको पहुँचमा पु¥याईएको  सामाजिक तथा प्राविधिक विकास सेवा समुहका टिम लिडर कलक खत्रीले बताए । 

परियोजना अन्र्तगत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाँउपालिका, जयपृथ्वी नगरपालिका र बुङगल नगरपालिकामा गरी ९ वटा स्थानिय तहमा लिफ्टिङ प्रविधि बाट खानेपानी आयोजना निमार्ण भएका छन् । सोलार लिफ्टीङ प्रविधिबाट दुर्गाथलीमा ५, खप्तडछान्नामा १, वित्थडचिरमा २, थलारामा २, र बुङगल नगरपालिकामा २ वटा आयोजना सम्पन्न भई प्रयोगमा आएका परियोजनाका ईन्जीनियर लोकेन्द्र ओलीले बताए ।

उनले भने बस्ती भन्दा माथी पानीको मुहान नभएका ठाँउहरुमा सौर्यउर्जा जडान गरीे लिफ्ट प्रविधि बाट पानी तानिन्छ । यसरी तानिएको पानी ८ हजार देखि २० हजार घनलिटर क्षमताका आरविटी ट्याङ्ककीमा जम्मा हुन्छ । साहि ट्याङ्ककी बाट घरघरमा वितरण गरिन्छ । आयोजनाबाट हाल सम्म विभिन्न एक हजार दुई सय घरधुरीका करिब सात हजार लाभान्वित भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै