नेभिगेशन
सुदूरपश्चिम

बझाङ प्रशासन : कार्यालय खुल्नुअघि राष्ट्रिय गान

 

बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । प्रशासनले फागुन १७ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो ।

प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व पोसाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं ।’

उनले राष्ट्रिय गान पश्चात कार्यालयको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।