नेभिगेशन
खेल

 बालुवाटारलाई जिल्लाकै नमुना खेल मैदान बनाउन पहल गर्ने अध्यक्ष चलाउनेको भनाई

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा रहेको बालुवाटार बगरलाई जिल्लाकै खेल मैदान बनाउन पहल गर्ने छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउने बताउनुभएको छ ।

उहाँले जयपृथ्वी राजमार्ग नजिक रहेको र पायक पर्ने ठूलो ठाउँ खेर गइरहेकाले त्यसलाई जिल्लाकै नमुना खेल मैदान बनाउनका लागि पहल गर्ने बताउनुभयो । बझाङमा २०५७ र २०७८ सालमा आएको बाढीले उक्त ठाउँ बगरमा परिणत गरेको थियो ।

बालुवाटारमा माटो र बालुवा रहेकाले सेतीतिर आरसीसी पर्खाल मात्रै पनि निर्माण गर्न सके जिल्लाकै नमुना खेल मैदान बन्ने उहाँको दाबी छ । आफू अध्यक्ष हुनुअघि पनि यो विषय चाँसोको रुपमा लिएको र अहिले सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भिम भण्डारीसँग खेल मैदान निर्माणका लागि पहल गरिरहेको उहाँले बताउनुभयो । 

यस ठाउँमा खेल मैदान बने संरचना निर्माण गर्न सहज हुने र सबैको पायक पर्ने हुँदा खेलकुदका गतिविधि गर्न सजिलो हुने परिङ्गालका स्थानीय रामभक्त गिरीले बताउनुभयो । बझाङमा हाल खेल मैदान नहुँदा विद्यालय प्राङ्गण, दुरदराजका खुल्ला चौर, सडक र खेतमा खेलकुद गतिविधि गर्नु परिरहेको छ ।

अहिले बझाङ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत पालिका स्तरिय रनिङ शिल्ड सत्यवादी माविको खेल मैदानमा भइरहे पनि सत्यवादी माविको पढाइ प्रभावित हुँदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै