नेभिगेशन
सुदूरपश्चिम

जलवायु मैत्री कृषि प्रविधि तथा गड्यौंला मल बनाउनेबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

युनाईटेड मिसन टु नेपाल तथा दलित सहयोग समाज बझाङको साझेदारीमा बुंगलमा सञ्चालित जलवायु मैत्री कृषि प्रविधि तथा गड्यौंला मल बनाउने तरिकाबारे २ दिने अभिमुखीकरण कार्यक्रमको बिहीबार समापन भएको छ । 

युनाईटेड मिसन टु नेपाल तथा दलित सहयोग समाज बझाङको साझेदारीमा सञ्चालित वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकुलन परियोजना द्वारा बुंगल नगरपालिका वडा नं ४ स्थित सुल्मा भवानि महिला कृषक समुहका पदाधिकारीहरुलाई जलवायु मैत्रि कृषि प्रविधि तथा गड्यौंला मल बनाउने तरिकाबारे २ दिने अभिमूखिकरण कार्यक्रमको दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बि.क. को अध्यक्षतामा कन्या मावि बटुलसेरामा सञ्चालित कार्यक्रम बिहीबार समापन भएको हो ।

 कार्यक्रममा सुल्मा भवानी महिला कृषक समुहका २७ जना सहभागी थिए भने कार्यक्रमको प्रशिक्षण पुष्कर बहादुर मल्ल र पुर्ण बहादुर बोहराले गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा दिनानु दिन भइरहेको जलवायु परिवर्तनका कारण मानव जीवन र कृषि प्रणालीमा परेको असरका बारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षकले कसरी जलवायु मैत्री कृषि प्रविधि अपनाउने भन्नेबारे सहभागी कृषकलाई प्रकाश पार्नुभएको थियो । प्रशिक्षणका क्रममा गड्यौंला मल कसरी बनाउने भनेर अभ्याससहित गड्यौंला मल राखिएको थियो । यही फागुन ३ र ४ गते दुई दिन सञ्चालित उक्त कार्यक्रमको सञ्चालन परियोजनाका कृषि प्राविधिक लोकेन्द्र बहादुर रोकायाले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै