नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


बझाङ : खप्तडछान्ना गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा,युवा तथा खेलकुद शाखा खप्तडछान्ना गाउँपालिकाको आयोजनामा आजदेखि लामातोला माविमा प्रतियोगिता सुरु भएको हो ।प्रतियोगिताको खप्तडछान्ना गाउँपालिका अध्ययक्ष उत्तम रोकायाले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष रोकायाले खप्तडछान्नाकोे समग्र विकासका लागि खेलकुदको महत्तपूर्ण भूमिका हुने बताउनुभयो ।उहाँले खप्तडछान्ना गाउँपालिका भित्र शैक्षिक गुणस्तर न्यून भएकाले त्यसको सुधारका लागि पनि सबैको पहल आवश्यक रहेको बताउनुभयो । खेलाडीहरुलाई अनुशासीत भएर खेल्न आग्रह गर्दै रेफ्रिहरुलाई हाम्रो भन्दा पनि राम्रो खेलाडीलाई प्रोत्साहन गर्न अध्यक्ष रोकायाले आग्रह गर्नुभयो ।

उहाँले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट विजयी भएर राष्ट्रिय स्तरमा पुग्ने खेलाडीलाई गाउँपालिका आवश्यक सहयोग गर्ने आश्वासन समेत व्यक्त गर्नुभयो लामातोला माविका विद्यालय व्यवस्थापन समिति अध्ययक्ष पदम थापाकोसभापतित्वमा भएको उद्घाटन कार्यक्रममा खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णु कुमार थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी प्रशाद सोती, सम्पुर्ण वडाका वडाध्यक्षहरु लगायत शिक्षक विद्यार्थी, खेलाडीको सहभागिता रहेको थियो ।

माघ २८ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा ८ विद्यालयको सहभागिता रहेको खप्तड मावि कालुखेतीका शिक्षक गोरख रोकायाले जानकारी दिनुभयो । प्रतियोगितामा भलिबल,ज्याव्लिङ थ्रो,लङजम्प,हाइजम्प लगाएतका खेलहरु खेलाइने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै