नेभिगेशन
राजनिति

प्रचण्डलाई पूरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरु निरन्तर संवादमा, उच्चस्तरीय संयन्त्रको बैठक बस्न मानेनन्

तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि एकाएक बालकोटको बार्दलीमा पुगेर एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेको एक महिना नपुग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साबिककै गठबन्धनमा फर्किने बाटोमा लागेका छन् । पुस १० गते प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसहितको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

उनलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने वातावरण बाह्य शक्तिहरूले निर्माण गरेदेखि नै यो सत्ता समीकरण कुनै पनि बेला फेरबदल हुने आशंका भइरहेको थियो । कांग्रेसले यसबीचमा खुलेरै केपी ओलीले हाइज्याक गरेको गठबन्धन फिर्ता ल्याउने बताइरहेको छ भने भारत तथा अमेरिकाका उच्च अधिकारीहरूले निरन्तर पहल गरिरहेका छन् ।

रास्वपा अध्यक्ष रवि लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली नगर्ने प्रचण्डको अडानका पछाडि पनि कांग्रेस र अन्य शक्तिहरूको आडभरोसा रहेको बताइन्छ । यसैबीच रास्वपालाई ओली र प्रचण्डले मागेको २ दिनको डेडलाइन सकिन लाग्दा शनिवार साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने ओलीको प्रस्ताव समेत प्रचण्डले पन्छाएका छन् ।

उच्चस्तरीय संयन्त्रका संयोजक ओलीले शनिवार बिहान बालुवाटारमै पुगेर साँझ बैठक राखेर छलफल गर्ने प्रस्ताव राखेका थिए । तर प्रचण्डले संयन्त्रको बैठक बस्न नचाहेको स्रोतले जनाएको छ । यसअघि रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीसँग भेटेर संयन्त्रको बैठक बोलाउन आग्रह गरेका थिए ।

उच्चस्तरीय संयन्त्रको बैठक संयोजकले बोलाए पनि त्यसमा प्रधानमन्त्री सहभागी नभए अर्थ हुन्न । प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक बस्न नचाहेपछि उनी पूरानै गठबन्धनमा फर्किन चाहेको र आफूलाई प्रधानमन्त्री बनाउने दलहरूलाई धोखा दिने चरणमा पुगेको अनुमान एमाले नेताहरूले गरेका छन् ।

माओवादीभित्र उपाध्यक्ष कृष्णबहादुर महरासहित अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेलगायतका नेताहरु प्रचण्डलाई पूरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरुसँग निरन्तर संवादमा छन् । कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रमेश लेखकहरु पनि माओवादी नेताहरुका साथै प्रधानमन्त्री प्रचण्डसँग पनि संवादमा छन् ।

राष्ट्रपति चुनावअघि नै प्रचण्डलाई कांग्रेसको ढोक्सामा पार्ने प्रयास भइरहेको टिप्पणी नेताहरूले गरेका छन् । एमालेलाई राष्ट्रपति कुनै हालतमा नदिन प्रचण्डमाथि माओवादी पार्टीभित्र र भूराजनीतिक शक्तिहरुबाट तीब्र दबाब छ । उनी रवि लामिछानेलाई चिढ्याउँदै गठबन्धनबाट लखेट्ने,राप्रपाका मन्त्रीहरुलाई ‘ह्युमिलियट’ गर्ने चरण हुँदै राष्ट्रपतिमा एमालेलाई धोखा दिएर पूरानो गठबन्धनमा फर्किन चाहान्छन् ।

कांग्रेसले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री मान्ने आश्वासन दिएपछि राजनीतिका चरम अवसरवादी र अस्थिर पात्र प्रचण्ड अहिलेको सत्ता साझेदारीबाट पछि हट्न लागेको राप्रपाका एक शीर्ष नेताले बताए । साबिक गठबन्धनलाई वहुमतका लागि ४ सीट पुग्दैन । त्यसका लागि जसपा समेत थपियो भने अरु दल आवश्यक पर्ने छैन । यदि प्रचण्डले पूरानै गठबन्धनमा फर्किने निर्णय गरे भने केन्द्रदेखि प्रदेशसम्म त्यसको असर पर्नेछ । एमालेको भागमा सभामुखमात्र बाँकी रहनेछ ।

यद्यपी प्रचण्डलाई माओवादीकै वर्षमान पुनलगायतका नेताहरूले भने अहिले नै सत्ता साझेदी तोड्दा प्रचण्ड स्वयं र माओवादी पार्टीको विश्वसनीयता समाप्त हुने र आगामी चुनावसम्म पुग्दा माओवादीको अस्तित्व नै जोगाउन नसकिने भन्दै तत्काल कुनै निर्णय नगर्न भनिरहेका छन् । तर प्रचण्डले उच्चस्तरीय संयन्त्रको बैठक समेत बस्न नमानेपछि एमाले नेताहरु भने सशंकित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै