नेभिगेशन
विदेश

प्रहरीको गोली लागेर भारतको ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए ।

गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको बताएका छन् ।

सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल -बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका थिए ।


आइतबार झारसुगुडाको बज्रराजनगर भन्ने स्थानको गान्धी चोकमा उनीमाथि भारतीय प्रहरीका असईले गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै