नेभिगेशन
सुदूरपश्चिम

बझाङको धार्मिकस्थल तपोवनमा स्नान गर्नेको घुइँचो

बझाङ : बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ। तपोवनमा जिल्लाभित्र र जिल्ला बाहिरका भक्तजन आएर पुजा र तातोपानीका कुण्डमा स्नान गरेका छन्।

तल्कोट गाउँपालिका(१ र मष्टा गाउँपालिका(४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा आइतबार बिहानैदेखि घुइँचो लागेको छ। तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछ। कुण्डमा नुहाएमा चर्मरोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रु आउने गर्दछन्। यहाँ विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्डका कार्य गर्दा पुण्य मिल्दछ भन्ने मान्यता रहेको छ।

६ बजेपछि स्नान गर्नेको घुइँचो लाग्ने गरेका कारण आफू बिहानै ४ बजे आएर तातोपानीमा स्नान गरि फर्किएको मष्टा ३ वीरबहादुर बाँनीयाले बताए।

तपोवन तिर्थस्थलसम्म अहिले तल्कोट गाँउपालिकाले गाडी जाने बाटो र नुहाउन कुण्डहरु महिला,पुरुषका लागि छुट्टाछुट्टै बनाएर सजिलो पारिएको छ। गत वर्ष कात्तिक पहिलो साता आएको सेती नदी नदीको बाढीले बगाएका कारण तल्कोट गाउँपालिका तर्फका लिफ्टिङ सिस्टम, ट्यांकीमा क्षति पुगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।