नेभिगेशन
सुदूरपश्चिम

छाडा पशुचौपायाले सदरमुकाम चैनपुर बजारमा दुर्घटनाको जोखिम

बझाङ: बझाङको सदरमुकाम चैनपुरमा छाडा पशुचौपाया बढेका छन् । विहानतिर सेती नदीको छालमा र बेलुका चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोटसम्म राति सडकमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ ।

छाडा पशुचौपायाकै कारण सदरमुकाम चैनपुरमा दुर्घटनाको जोखिम पनि बढेको छ । रातिमात्रै होइन,विहान अवेरसम्म पनी यातायातका साधनहरु बजार क्षेत्रमा आउदा बाटो नछाड्ने, बीच सडकमा बस्ने गरेकाले दुर्घटना बढ्न सक्ने स्थानीयहरु बताउँछन् । नगरपालिकाले पनि छाडा पशुचौपाया नियन्त्रणका लागि कुनै पहल नगरेको समेत स्थानीयको आरोप छ । साँघुरो चैनपुर बजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको हो । सडकमा पशुचौपायाको संख्या ह्वात्तै बढेपनि दीर्घकालीन व्यवस्थापनका लागि कुनैपनि निकायले ध्यान दिन नसक्दा छाडा पशुचौपाया चुनौतीको रूपमा देखिएका छन् ।

सवारी साधनको चापका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा जयपृथ्वी नगरपालिकाको डुग्री, गोलाइ, भोपुर र सिमखेत लगायतका क्षेत्रबाट छाडाचौपाया भित्रिन थालेपछि दुर्घटनाका साथै तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको चैनपुर बजारबासीहरु बताउँछन् ।

दिनभरि बजारका चोक,गल्ली–गल्लीमा देखिने छाडा चौपाया साँझ परेपछि चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोट रोडमा बस्ने गरेका खप्तडछान्ना गाउँपालिका घर भइ हाल चैनपुर बजारमा व्यवसाय गर्दै आएका दिनेश खड्काले बताए । उनले नगरपालिका र वडास्तरबाटै चौपायाको व्यवस्थापनका लागि प्रयास गर्नुपर्ने बताए ।

यता जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले भने यो विषयमा आफु जानकार भएकाले छाडा चौपाया व्यवस्थापनकोलागि छिटै बैठक बोलाएर समस्याको समाधान गरीने बताए । कार्यव्यस्तताका कारण यो विषयमा तत्काल पहल थाल्न नपाएको र छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण भए पनि केहि दिनमै पहल थाल्ने नगर प्रमुख बजालको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै