नेभिगेशन
समाज

खाने तरिका बुझिराख्नुस् !

 बिहान उठेर नित्यकर्म गर्नेदेखि बेलुकी सुत्ने समयसम्म हामी नियममा बाँधिएका हुन्छौं । दैनिक जीवनका विभिन्न कार्य आ–आफ्नै नियम वा पद्धतिमा चलेका हुन्छन्, जसलाई शिष्टाचार पनि भनिन्छ ।

त्यसमा खानेशैली पनि पर्छ । खाना खानेशैलीले हाम्रो शिष्टाचार झल्काउँछ । तर हामीमध्ये धेरैलाई यसको आभास नभएको पनि हुन सक्छ ।

भनिन्छ, खाना खान हामीले गर्भबाटै सिकेर आएका हुन्छौं । तर कसरी खाने ? खाँदा के–के पक्षमा ध्यान दिने भन्ने बारेमा सायदैले सोच्ने गरेका छन् । हुन त व्यक्तिको खाने तरिकालाई समय, परिस्थिति र रहनसहनले पनि निर्धारण गर्छ । यसमा स्थान विशेषको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

खानेकुरा हाम्रो शरीरको लागि जति महत्वपूर्ण छ, त्यति नै कसरी खाने भन्ने कुरा जान्न र व्यवहारमा ल्याउन उति नै महत्वपूर्ण रहेको आहारविद् राजु अधिकारी बताउँछन् ।

‘हाम्रो ध्यान के खाँदा शरीर स्वस्थ हुन्छ भन्नेतर्फ त जान्छ तर कसरी खाने भन्ने कुरामा त्यति ध्यान जाँदैन । जुन एउटा मानवीय व्यवहारभित्र पर्ने महत्वपूर्ण कुरा हो । खानपानको आफ्नै शिष्टशैली हुन्छ,’ उनले भने ।

उनका अनुसार खानेकुरा कसरी खाइरहेको छ भन्ने पक्षबाट पनि व्यक्तिको मूल्यांकन हुने गर्छ । ठाउँअनुसार खानेशैली फरक–फरक हुन सक्छ ।

खानपानको शिष्टाचार

खानपानको शिष्टाचारमा सबैभन्दा पहिलो कुरा खानेकुरालाई सम्मान गर्नुपर्ने अधिकारी बताउँछन् ।  ‘हाम्रो प्राणरक्षक गर्ने भनेको खानेकुरा नै हो । त्यसैले यसको सम्मान हरकोहीको लागि जरुरी हुन्छ,’ उनी भन्छन्, ‘हाम्रा अग्रजहरुले खानुअघि भगवानलाई चढाउने, मानव आश्रित पशुपन्छीका लागि खानेकुरा छुट्टाएर मात्र भोजन सुरु गर्ने गर्थे । अहिले त्यो नियम बिस्तारै घट्दो छ ।’

खानपान शिष्टाचारमा खाने तरिका, खाने मात्रा, खानाप्रतिको मनोभावना सबै कुरामा ध्यान दिनुपर्छ । अधिकारीका अनुसार खानपानको शिष्टाचार बालबालिकालाई घरमा सिकाउनेदेखि उनीहरुको पाठ्यक्रममा पनि समावेश गर्नु अनिवार्य गर्नुपर्छ । यसले उनीहरुलाई थप शिष्टता बुझ्न मद्दत गर्छ ।

घरमा खानपान शिष्टाचार 

अधिकारीका अनुसार सबैभन्दा पहिला घरमा खाना पाकेपछि परिवारका सबै सदस्य सम्भव भएसम्म सँगै बसेर खाने वातावरण बनाउनुपर्छ । यसले खानासँगै पारिवारिक आत्मीयता पनि बढाउँछ । खाना खाँदा सबैभन्दा पहिले हात सफा गरेपछि आफूलाई भोक लागेको भन्दा थोरै कम खानेकुरा लिनुपर्छ । यसले गर्दा खाना खेर जाँदैन । भनिन्छ, खाना फ्याँकियो भने अन्नले पनि सराप्छ ।

खाना खानेक्रममा त्यो माहोललाई बिथोल्ने कुनै पनि प्रकारको आवाज निकाल्न नहुने आहारविद् अधिकारी बताउँछन् । ‘हल्ला गर्ने, भाडा बजाउने, आवाज निकाल्दै चपाउने, गफ बढी गर्ने बानी गर्नुहुँदैन । यो शिष्टताको विपरीत मानिन्छ,’ उनी भन्छन्, ‘यसले माहोल नै भंग गर्छ ।’

सकेसम्म खाना खाँदा विस्तारै खानाको आनन्द लिंदै खानुपर्छ । यसमा वैज्ञानिक कारण पनि छन् । विस्तारै खाना चपाउँदा मुखमा पर्याप्त पाचन रस निस्कन्छ र खानेकुरा राम्ररी टुक्रिन्छ । यसले खाना पचाउन सजिलो हुन्छ । त्यसपछि खाना खाइसकेपछि पकाउने घरको सदस्यलाई धन्यवाद दिनु जरुरी छ । त्यस्तै भाँडा झुठो टेबलमै छोड्न हुँदैन । घरमा स–साना बालबालिकालाई पनि यो शिष्टाचार सिकाउनुपर्छ ।

रेस्टुरेन्ट तथा पार्टीमा खानपानको शिष्टाचार

आहारविद् अधिकारीका अनुसार घरबाट बाहिर रेस्टुरेन्ट तथा पार्टीमा जाँदा विशेष ध्यान दिनुपर्छ । रेस्टुरेन्टमा साथीभाइ वा विशेष अतिथिसँग खानेकुरा खान जाँदैछौं भने सर्वप्रथम बस्नको लागि आग्रह गर्नुपर्छ । अतिथिलाई वार्तालापको लागि सहज बनाउँदै खानेकुरा के मगाउने भनेर सोध्ने र उस्तै मिल्दोजुल्दो खानेकुरा मगाएर खानुपर्छ । खानेकुरा आइसकेपछि नेपकिन पनि राखिएको छ भने त्यसलाई खानुपूर्व आफ्नो घाँटीमा लगाउने र काखमा पनि ओछ्याउनुपर्छ । यसले गर्दा खानेकुरा पोखिएमा, झरेमा लुगा फोहोर नहुने उनी बताउँछन् ।

अतिथिले खान सुरु गरेपछि मात्र आफूले सुरु गर्नुपर्छ । त्यहाँ साइडमा राखिएको चम्चा काटा मात्र प्रयोग गर्नुपर्छ ।

‘नेपालीहरु त्यति काटा चम्चामा अभ्यस्त छैनौं । कहिलेकाहीं हामी काटा चम्चाले खान नजान्दा पनि हीनता महसुस गर्छौं,’ अधिकारी भन्छन्, ‘बानी परेको छैन भने चम्चा मात्र प्रयोग नगर्ने र फोर्क र चक्कु प्रयोग गर्नु परेको खण्डमा फोर्क चम्चा बायाँ हातले खानेकुरा समातेर दाया हातले चक्कुले काटेर खानुपर्छ ।’ चम्चा हल्लाउँदै कुरा गर्नु पनि असभ्य मानिन्छ ।

खाना खाइसकेपछि

खान खाने समय मात्र नभई खाइसकेपछि पनि  केही कुरा ध्यान दिनुपर्ने अधिकारी बताउँछन् ।  उनका अनुसार खाना खाइसकेपछि चम्चालाई घोप्टो पारी क्रस गरेर राख्नुपर्छ यसले खाना पुग्यो भन्ने बुझिन्छ । सकेसम्म आफैंले धेरै भाँडाको प्रयोग गर्नुहुँदैन । त्यसबाहेक खाना खाइसकेपछि अतिथिले खाना नसकाई टेबलबाट उठ्नु हुँदैन । खाना दिनेहरुलाई कृतज्ञता प्रकट गर्नुपर्छ ।

भोज, पार्टीमा जाँदा पनि यही शिष्टाचारको नियम लागु हुन्छ । तर पार्टी र विशेष समारोहमा जाँदा उपहार लिएर जानुपर्छ । सिंत्तैमा भोज खान नहुने मान्यता छ । सार्वजनिक रेस्टुरेन्ट बाहेक अन्य ठाउँबाट नखाएको खाना वा बाँकी रहेको घरमा सकेसम्म लैजान नहुने र प्रस्ताव नगर्न अधिकारी सुझाउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै