नेभिगेशन
राजनिति

कुनै दलसँग एकता गर्दैनौँ समग्र वाम एकताबारे सोच्‍न सक्छौ

बझाङ: नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि दलसँग एकता नहुने स्पष्ट पारेका छन् । आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले एमालेसँग एकताको हल्ला चलिरहेको विषयमा स्पष्ट पार्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन्। 

उनले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताए। बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए।

‘पार्टी विलय वा एकीकरण गर्ने गरी हामीले कुनै काम गरेका छैनौँ । त्यसमा हाम्रो रूचि पनि छैन,’ उनले भने, ‘हामी वाम एकता गर्दै एजेण्डाहरुमा अघि बढ्ने रूचि छ। यो अथवा त्यो पार्टीसँग एकता हुँदैछ भन्ने हल्ला निराधार हो।’

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय भएन। उक्त विषयले पोलिटब्युरो बैठकमा छलफल गर्ने उनले बताए। 

‘सरकार गठन गर्दा पुरानो गठबन्धन क-कसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ। सरकारमा जाने वा नजाने विषयमा पोलिटब्युरोमा पुगेर टुंगो गर्ने स्थिति पनि हुनसक्छ,’ उनले भने। बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो।

सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्वसर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उनले बताए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै