नेभिगेशन
खेल

नेपालले जित्यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी उपाधि

काठमाडौँ: नेपालले पहिलो पटक अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जितेको छ । आफैँले आयोजना गरेको त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखलाको फाइनलमा पाहुना टोली नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराएपछि यस्तो सफलता प्राप्त गरेको हो । 

घरेलु मैदानमा ११ वर्षपछि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता जित्दा नेपालले टी-ट्वान्टीमा कीर्तिमानी अन्तरको जित दर्ता गर्‍यो । यसअघि नेपालले सागमा भुटानलाई १ सय ४१ रनले हराएको थियो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य दियो । अन्तराष्ट्रिय टी-ट्वान्टीमा नेपालले विपक्षी टिमका सामु प्रस्तुत गरेको यो नै सबैभन्दा ठूलो लक्ष्य थियो । यसअघि नेपालले भुटानलाई गत वर्ष भएको सागमा २ सय ३६ को लक्ष्य दिएको थियो । 

नेपाललाई जिताउन कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । घरेलु मैदानमा भएको श्रृंखलाबाट अन्तराष्ट्रिय टी-ट्वान्टीमा डेब्यु गरेका कुशलले ५३ बलमा ७७ रन जोडे । जुन यस श्रृंखलामा कुशलले बनाएको चौँथो अर्धशतक थियो । 

निर्धारित २० ओभरमा तीन विकेटको क्षतीमा २ सय ३८ रनको योगफल तयार पारेको नेपालका लागि कुशल मल्लले अविजित ५० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोडे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ४८ रन बनाए । डच टिमका लागि फिलिप्पे बोइसेभानले दुई विकेट लिए भने सेबेस्टियन ब्राटले एक विकेट हात पारे । 

विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७.२ ओभरमा ९६ रन बनायो । नेदरल्यान्ड्सका लागि ब्राटले सर्वाधिक २६ रन बनाए । उनी अविजित रहे । ओपनर म्याक्स ओडोडले २० रनको योगदान गरे भने कप्तान पिटर शिलारले १३ रन जोडे । बाँकी कुनै पनि ब्याट्सम्यानले पाहुना टिमका लागि दोहोरो रन बनाउन सकेनन् । 

डच टिमलाई सस्तैमा समेट्न करण केसीले किफायती बलिङ गरे । उनले ११ रन खर्चेर तीन विकेट लिए । त्यसैगरी, सन्दिप लामिछाने र कमल ऐरीले दुई-दुई विकेट लिए । र, अविनाश बोहोराको नाममा खेलको अन्तिम विकेट रह्यो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै