नेभिगेशन
सुदूरपश्चिम

अस्पताल निर्माण सामाग्री ढुवानी गर्न साइपाल गाउँपालिकाले हेलिकप्टर प्रयोग गर्‍यो

बझाङको साइपाल गाउँपालिकामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको हो । 

साइपाल गाउँपालिका ३ को लासीमा निर्माण भईरहेको १० शैयाको अस्पतालको निर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री (सरिया, मसला बनाउन प्रयोग गरिने मेसिन) लढुवानी सिम्रिक एयरको १ वटा हेलिकप्टर प्रयोग गरिएको हो ।

करिब २१ करोड लगानीमा निर्माण हुन लागेको अस्पतालमा आधा रकम गाउँपालिकाले तिर्ने छ भने आधा रकम संघिय सरकारले तिर्ने साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताउनुभयो । 

सडक सञ्जालले छुन नसकेको साइपालमा हेलिकप्टर प्रयोग गरेर अस्पताल निर्माणको सामाग्री ढुवानी गरिएको हो । साइपालमा पुल तथा अन्य भौतिक संरचना निर्माणका सामाग्रीहरु हेलिकप्टरबाट नै ढुवानी गर्ने गरिएको छ । 

अस्पताल निर्माण गर्न सिम्रिक एयरले २७ ट्रिप निर्माण सामान ढुवानी गरेको छ । अस्पतालको भदौ महिनामा गाउँपालिका अध्यक्ष बोहराले शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै