नेभिगेशन
सुदूरपश्चिम

किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न

बझाङ: किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । युएनएफपिएको आर्थिक सहयोगमा भिएसओ र पिसविनको साझेद्धारीमा संचालित बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत किशोर किशोरीहरूको समग्र विकासका लागि पुनर्ताजगी समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

बालविवाह न्यूनिकरणका लागि सहजकर्ताको भूमिका लगाएत विषयमा छलफलगर्ने उद्येश्यले मंसिर २७ र २८ गते दुइदिन सम्म सदरमुकाम चैनपुर स्थित होटेल होलिडेइनमा सञ्चालन भएको कार्यक्रमको आज समापन गरीएको बताइएको छ । कार्यक्रममा युएनएफपिएका जिल्ला संयोजक धन बहादुर लम्साल, पिसविन नेपालका जिल्ला संयोजक भुवन बहादुर सिंह,प्रशिक्षक सहजकर्ता बसन्त प्रताप सिंह र २४ जना किशोर किशोरी सहजकर्ताहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा वाषिर्क समीक्षा र आगामी दिनमा कार्यक्रम लाई कसरी प्रभावकारी बनाउन सकिन्छ लगाएत विषयमा छलफल गरीएको पिसविन नेपालका जिल्ला संयोजक भुवन सिहँले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।