नेभिगेशन
सुदूरपश्चिम

थलारा र बुङगलमा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक

लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक

बझाङ:बझाङको थलारा गाउँपालिका र बुङगल नगरपालिकामा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक गरिएको छ । युएमएनको आर्थिक सहयोग र दलित सहयोग समाजको साझेदारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैगिंक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटक मार्फत हाम्रो समाजमा भई रहेका हिंसा र त्यसको न्यूनीकरणका लागि भइरहेको पहल तथा निराकरणका लागी स्थानीय जनप्रतिनिधिले खेल्नु पर्ने भूमिकाको विषयलाई जोड दिइएको छ । यसका साथै समुदायमा मानसिक स्वास्थ्य स्वस्थ नभएका मानिसलाई हेर्ने दृष्टिकोण र मानसिक रोगबाट बच्ने उपाय लगायतका विषय सडक नाटक मार्फत् देखाइएको छ । 

नाटकमा सानै उमेरमा हुने बालविवाहका कारण उमेर पुग्ने बेलासम्म घरबार विहीन हुनुपर्ने अवस्था आएकोले यसतर्फ सचेत हुनुपर्ने र सचेतनामूलक कार्यक्रम मार्फत् परिवर्तनको पहरेदार बन्नुपर्ने देखाइएको छ । सडक नाटक मार्फत् समाजमा महिला हिंसाका घटना धेरै भए पनि कानुनी उपचार खोजे गाउँ समाजमा हेला पर्ने, समाजको हेर्ने दृष्टिकोण फरक हुने हुँदा कानुनी उपचारका लागी अझै पनि खुल्न नसकेको अवस्थाको चित्रण गरिएको छ । यस्तै मानसिक रोगी भएका मानिसहरुलाइृ हेला गर्ने उपचारमा ध्यान नदिने हुँदा बेवारिसे भई हिड्ने गरेका कारण उनीहरूको स्याहार र उपचारमा ध्यान दिए मानसिक रोग पनि निको हुन्छ भन्ने सन्देश दिइएको छ ।

नाटक मार्फत् सबैले मानसिक स्वास्थ्यमा विषयमा गम्भीर भई उपचारमा ध्यान दिन आग्रह गरिएको छ । युएमएनको आर्थिक सहयोग र दलित सहयोग समाजको आयोजनामा थलारा गाउँपालिकाको वडा नं. ४ र ५  त्यसै गरी बुगंल नगरपालिकाको वडा नं. १, ३ र ४ मा सडक नाटक देखाइएको दलित सहयोग समाज अन्तर्गत मानसिक स्वास्थ्य परियोजना कार्यक्रमका संयोजक विस्ना बमले जानकारी दिनु भयो  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै