नेभिगेशन
खेल

मलेसियालाई ६९ रनले पराजित गर्दै नेपालले सानदार जीत हासिल पार्‍यो

काठमाडौँ : नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई मा अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गरेको छ । बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको छ ।

जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ र मोहम्मद वाफिकले १२ रन बनाए ।

डेब्यू खेल खेलेका कमलसिंह ऐरीले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । सुसन भारीको नाममा १ विकेट रह्यो ।

त्यसअघि करन केसीले सानदार ब्याटिङ गरेपछि नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औँ सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौँ नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आकडा पार गरेको थियो । डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्ध शतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर १२ औँ ओभरमा दुवै खेलाडी आउट भएका थिए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्ति नै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरी १७ बलमा ५ चौका र १ छक्का सहित ३३, विनोद भण्डारी ८ र कुशल मल्ल १९ रनमा आउट भए । मलेसिया फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अङ्कका साथ लिगमा शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ मा हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो । फाइनलमा नेदरल्यान्ड्स र नेपाल यस अघिनै पुगिसकेका थिए । फाइनल खेल  शनिवार हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै